?> lang="en-US"> मोटरसाइकल चोर्ने तीन प्रहरी पक्राउ – Read Gallery

मोटरसाइकल चोर्ने तीन प्रहरी पक्राउ

काठमाडौं । चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्ने प्रहरी जवान वासिङटन घर्ती, दिपेन्द्र शाही र इन्द्रजीत कडरिया रहेका छन् । सिसि टिभीको दृश्य विश्लेषणपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले बा ५७ प २५९९ नम्वरको मोटरसाइकल चोरी गरेको खुलेको छ । घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् । कडरिया भने महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत छन् । उनीहरुले उक्त मोटरसाइकल ५ कात्तिकमा चोरी गरेका थिए ।

Share

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *