?> lang="en-US"> अचम्म ! एउटै व्यक्ति आठ सय बच्चाका पिता – Read Gallery

अचम्म ! एउटै व्यक्ति आठ सय बच्चाका पिता

एजेन्सी, ६ असोज । एकै व्यक्तिको सन्तान ८ सय । अचम्म होइन त ? बेलायती नागरिक साइमन वाट्सन हरेक साता थप एक बच्चाको पिता बनेर चर्चा बटुलिरहेका छन् । यिनी साइमन वाट्सन, जो ८ सय बच्चाका पिता हुन् । पत्याउनै नसकिने यही कुराले सामाजिक सञ्जालमा यिनको चर्चा बाक्लिएको छ अहिले । हरेक साता थप एक बच्चाको पिता बन्ने अबसर छ यिनीसँग । तर, कसरी ? वास्तवमा यिनी ‘स्पर्म डोनर’ अर्थात् वीर्यदाता हुन् ।

यिनी मात्र ५० पाउन्ड अर्थात् ७ हजार ५ सय ३४ रुपैयाँमा वीर्य दान गर्छन् । ४१ वर्षीय साइमनको वीर्यमार्फत बच्चा नभएका कयौं दम्पत्तिले सन्तान सुख लिएका छन् । अहिलेको अनुपात जारी रहने हो भने केही समयमै साइमन १ हजारभन्दा बढी बच्चाका पिता बन्नेछन् । साइमनले कम मूल्यमा वीर्यदान गर्नुलाई धेरैले सकारात्मक रुपमा लिएपनि उमेरअनुसार कमजोर वीर्यले बच्चामा असर पर्न सक्ने भन्दै केहीले सामाजिक सञ्जालमा आलोचना गर्न थालेका छन् ।

तर, यिनी आफू स्वस्थ रहेको भन्दै सामाजिक सञ्जालमा मेडिकल रिपोर्ट नै ‘अप्लोड’ गर्छन् । साइमनले वीर्यदानलाई पेशा नै बनाइएको टिप्पणी भइरहँदा यिनी भने धेरै बच्चाको पिता बनेर कीर्तिमान कायम राख्न चाहन्छन् । १६ वर्षदेखि वीर्यदान गरेका साइमन आफू अझै सक्षम रहेको दावी गर्छन ।

Share

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *