?> lang="en-US"> चोरहरुले पोखरामा १ घण्टाभित्र एक सहकारी र सात वटा घर लुटे ! – Read Gallery

चोरहरुले पोखरामा १ घण्टाभित्र एक सहकारी र सात वटा घर लुटे !

पोखरा, ५ भदौ । गतराति पोखरा महानगरपालिका अन्तरगत बागमारामा चलाखीपूर्ण चोरी भयो । जहाँ चोरहरुको एक समूहले एक घण्टामा बागमारामा ७ वटा घरमा चोरी गरेका छन् ।

घर मात्रै होइन उनीहरुले सहकारी पनि बाँकी राखेनन् । कतिपय घरका मानिस सुत्ने कोठामा बाहिरबाट चुक्कुल लगाएर अर्को कोठाका नगद र सुन चोरेको स्थानीयहरुले बताएका छन् ।

राति करिब १२ १ बजेको समयमा चोर घरभित्र पसेको स्थानीय बताउँछन् । यद्यपी प्रहरीले घटनाको बिषयमा अनुसन्धान भैरहेको र चाडै चोर समातिने दाबी गरेको छ । यसरी पोखरा महानगरपालिका भित्रै यसरी एकै रातमा आधा दर्जन बढी घरमा चोरी हुनुले यहाँको सुरक्षा व्यवस्था विषयमा प्रश्न खडा गरेको छ

Share

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *