?> lang="en-US"> ‘नक्कली’ हत्यारा सार्वजनिक गरेकाे भन्दै कञ्चनपुरमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार – Read Gallery

‘नक्कली’ हत्यारा सार्वजनिक गरेकाे भन्दै कञ्चनपुरमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

भीमदत्तनगर । १३ वर्षीय बालिकानिर्मला पन्तकाे बलात्कारपछि भएकाे हत्या प्रकरणमा घटनाले नयाँ माेड लिएकाे छ । प्रहरीले घटनाकाे वास्तविकता लुकाउन ‘नक्कली हत्यारा’ सार्वजनिक गरेकाे भन्दै हत्याबारे वास्तविकता बाहिर ल्याउन स्थानीयले माग गरेका छन् । साे माग राख्दै अाज यहाँ बजार समेत बन्द गराउँदै स्थानीयहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेकाे छ ।

मानसिक सन्तुलन गुमाएका व्यक्तिलार्इ अभियुक्तकाे रुपमा सार्वजनिक गरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरेका हुन् । भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाएकाे छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि अश्रुग्यास प्रहार गरेको बताएकाे छ, यद्यपि यसले स्थानीय प्रदर्शनकारीहरुलार्इ थप आक्रोशित बनाएकाे छ । भीड तितरबितर पार्न प्रहरीले दर्जन से‍लजित अश्रुग्यास प्रहार गरेकाे हाे ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप लगाउँदै विराेध कार्यक्रमलार्इ सशक्त बनाएका हुन् ।

नागरिक सङ्घर्ष समिति बनाएर स्थानीयवासी लामो समयदेखि आन्दोलनमा छन् । उनीहरुले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा सार्वजनिक गरेर प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन् । नागरिक समाज र अधिकारकर्मीले वास्तविक हत्यारालाई सार्वजनिक गर्न दबाब दिइरहेका छन् ।

Share

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *