?> lang="en-US"> तिनथानामा योग शिविर संचालन – Read Gallery

तिनथानामा योग शिविर संचालन

काठमाडौं,२२ जेठ । काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ तिनथाना स्थित पिपलबोटमा योग शिविर संचालन भईरहेको छ ।

चन्द्रागिरी नगरपालिका वडा नं १५ वडा कार्यालय र सम्पदा योग तथा आर्युवेद केन्द्रको संयुक्त आयोजनामा जेठ १५ (गणतन्त्र दिवसको दिन) संचालन भएको छ । योग शिविर लामो समयसम्म संचालन हुने योग प्रशिक्षक गणेश गैरेले बताउनुभयो ।

शिविरमा तीनथानाका वासिन्दाको सक्रिय उपस्थिती रहेको छ । योग प्रशिक्षक गैरेले योगबाट ढाड दुख्ने रोग, मुटु रोगी, मानसिक तनाव लगायत रोगलाई विना औषधी रोग न्युनीकरण गर्न सकिने कुरा बताउनुभयो ।

साथै पाठ्घर सम्बन्धी सम्बन्धी समस्या, छालाका रोगीहरुलाई पनि योग बाट निकै फाइदा हुने कुरा बताउनुभयो ।

अध्यक्ष राउतले सहभागी हुँदा शरिरमा स्फुर्ति आउने, नकरात्मक अन्त्य हुने, विभिन्न रोगको समस्यालाई न्युनीकरण गर्न सकिने, दिनभरि आफुलाई खुशी राख्न सकिने बताउनुभयो ।

योग शिविरमा वडा अध्यक्ष उत्तम राउत सहभागी भई योग संचालन गर्न विशेष हौसला प्रदान गर्नु भएको छ ।

योग प्रशिक्षक गणेश गैरे र सिर्जना ज्ञवालीको संयुक्त रुपमा कार्यक्रम संचालन भइरहेको छ । शिविरमा बच्चा, महिला,बृद्ध, युवाको उल्लेख्य सहभागिता भइरहेको न्यूजअभियानमा खबर छ ।

Share

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *