?> lang="en-US"> विश्वकप २०१८ : ब्राजिल विरुद्ध बेल्जियम (म्याच प्रिभ्यु) – Read Gallery

विश्वकप २०१८ : ब्राजिल विरुद्ध बेल्जियम (म्याच प्रिभ्यु)

जोगोबोनितो अर्थात सुन्दर खेलको हिमायती ब्राजिल बेल्जियमको स्वर्णीय पुस्तासँग कजान एरिनामा मध्यरात पौने १२ बजे भेट्दा छैठौ पटक विश्वकप उचाल्ने सपनालाई नयाँ आकार दिने योजनामा हुनेछ । समूहगत चरण नकआउट चरणमा बलिया प्रतिद्धन्द्धिको सामना नपरेको बेल्जियमको आक्रमणको सहि मानेमा परीक्षण ब्राजिलसँग हुनेछ । हुनत् बेल्जियम जारी विश्वकपमा सर्वाधिक १२ गोल गर्ने टोली हो तर ब्राजिली डिफेन्डरलाई चिर्न रेड डेभिल्सलाई फलामको चिउरा हुनेछ । ब्राजिलले खलेका ४ खेलमा मात्रै एक गोल खाए बापत् उसको रक्षा पक्ति कत्तिको जब्बर छ भन्ने प्रमाण पेश भईसकेको छ । तर मिडफिल्डर कासिमिरोको प्रतिबन्ध उसका लागि टाउको दुखाई हुन सक्छ । प्रशिक्षक तीतेले उनको स्थानमा आज फर्नान्डिन्होलाई उतार्ने स्पष्ट पारिसकेका छन् । लेफ्ट ब्याक मार्सेलो जो अघिल्लो खेलमा अनुपस्थित थिए उनी पनि आज मैदान ओर्लने छन् । यसको अर्थ हुनेछ । फिलिपे लुईस आज पहिलो रोजाईको ११ मा पर्ने छैनन् । वीङगर डगलस कोस्टा पनि चोटमूक्त भईसकेका छन् । तर उनी पहिलो ११ मा पर्ने नपर्ने यकिन छैन ।

बेल्जियमलाई खेलाडिको चोटले खासै पिरोलेको छैन । तर वीङगर अदनान यानुजाई आजको खेलमा ओर्लने नओर्लने चाँहि पक्का भईसकेको छैन । प्रशिक्षक रोबर्टो मार्टिनेजलाई पहिलो रोजाईको ११ उतार्न त्यति अप्ठेरोपर्ने छैन । तर ब्राजिलका वीलीयन र फिलिप काउटिन्होको दायाँबायाँबाट हुने आक्रमण रोक्न भने चुस्त रणनीति बनाउन आवश्यक छ ।

हेड टु हेड

–ब्राजिल र बेल्जियमले यसअघि ४ खेलमा एकअर्कालाई प्रतिद्धन्द्धि पाएका थिए । पहिलो पटक सन् १९६३ मा ब्रसेल्समा भएको मैत्रीपुर्ण खेलमा बेल्जियम ५–१ ले विजयी भयो । त्यसयताका सबै ३ खेलमा ब्राजिल विजयी रहँदै आएको छ ।
–विश्वकपमा भने यी दुईबीच सन् २००२ को राउण्ड अफ १६ मा भेट भएको थियो । जसमा ब्राजिलले २ शून्यले जित निकाल्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा रिभाल्डो र रोनाल्डोले गोल गरे । ब्राजिलले त्यो खेल मात्र हैन, त्यो संस्करणको विश्वकप पनि जित्यो ।
ब्राजिल

–ब्राजिल लगातार सातौं पटक विश्वकपको क्वाटरफाईनल खेल्दैछ । ब्राजिलले मात्रै दुईपटक विश्वकपको क्वाटरफाईनलमा हार बेहोरेको छ । सन् २००६ मा फ्रान्ससँग र २०१० मा नेदरल्याडस्सँग पराजित भएको थियो ।
–सेलेकाओको विश्वकपमा भएको पछिल्लो ६ पराजय सबै यूरोपेली टोलीसँग छ । त्यसैले बेल्जियमसँग ऊ सतर्क भएर खेल्न चाहन्छ ।
–युरोपेली टोलीलाई विश्वकपको नकआउट चरणमा ब्राजिलले पराजित गरेको भनेको सन् २००२ मा जर्मनीलाई हो । ब्राजिल १५ खेलसम्म अपराजित छ । ११ मा जीत र ४ मा बराबरी गरेको ब्राजिलले मात्रै ४ गोल खाएको छ ।
–प्रशिक्षक तीतेको कमानीमा ब्रजिलले २५ मध्ये २० खेल आफ्नो पक्षमा पारेको छ । १९ खेलमा क्लीनसीट राख्न सफल भएको छ । ब्राजिलीयन स्ट्राईकर नेयमार टिमले १९ खेलमा गरेको २० गोलमा प्रत्यक्ष संलग्न छन् । ११ गोल उनले आफ्नो नाममा लेखाए बाँकी ९ मा एसिस्ट गरे ।
बेल्जियम

–बेल्जियमले पछिल्ल्ला दुई संस्करण विश्वकपमा दक्षिण अमेरिकी टोलीसँग हार बेहोर्दै टुङ्ग्याएको थियो । सन् २००२ मा ब्राजिल र २०१४ मा अर्जेन्टिनासँग पराजित भएपछि रेड डेभिल्सको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो ।
–आजको जितले रेड डेभिल्सलाई सन् १९८६ पछि विश्वकपको सेमिफाईनलमा पहिलोपटक पुर्‍याउनेछ । त्यतिबेला पनि बेल्जियमले विश्वकपमा १२ गोल गरेको थियो ।
–रोबर्टो मार्टिनेजको टोली २३ खेलमा अपराजित छ । १८ मा जित र ५ मा बराबरी खेलेको छ बेल्जियम टोलीले ।
–तर विश्वकपका पछिल्ला १० खेलमा पहिलो हाफमा गोल गर्नबाट चुकेको बेल्जियमका लागि आज अग्रता बनाउन चूनौती छ ।
–आजको जितले बेल्जियम विश्वकपमा लगातार ५ खेल जित्ने किर्तिमान बनाउन सक्छ । विश्वकपका ९ मध्ये ८ खेल बेल्जियमले आफ्नो पक्षमा पारेको छ ।
–विश्वकपको नकआउट चरणमा सर्वाधिक १२ क्लिनसीट राख्ने एकमात्र टोली बेल्जियम हो । ती १२ खेलमा बेल्जियमले २८ गोल गरेको छ ।

 

source  : Kantipur

Share

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *