?> lang="en-US"> मरेका कुखुरा बेच्ने तीनजना नयाँबजारबाट पक्राउ – Read Gallery

मरेका कुखुरा बेच्ने तीनजना नयाँबजारबाट पक्राउ

३२१ किलो मरेका कुखुरा पनि बरामद

काठमाडौँ: काठमाडौँको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बा.१७ च. १२३६ नंको पिकअप भ्यानमा मरेको कुखुरा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चालक चन्द्रबहादुर अधिकारी सहचालक अनिष दोङ्ग र कुखुरा व्यापारी हिमाल बर्तौलालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले गाडीमा १७० वटा मरेको ब्वाइलर कुखुराहरु फेला पारेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई कालो बजारी ऐनअनुसार कारबाही गरिने बताइएको छ ।

प्रहरीको अनुसन्धानबाट निजहरुले उक्त कुखुराहरु हेटौँडाबाट ल्याई चिनजानका होटलमा बिक्री वितरण गर्दै हिँडेका थिए। मरेका कुखुराहरुको तौल ३२५ किलो रहेको प्रहरीले जनाएको छ । रासस

Share

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *