?> lang="en-US"> मुस्ताङमा टिपर दुर्घटना : मृतकको संख्या १९ पुग्यो – Read Gallery

मुस्ताङमा टिपर दुर्घटना : मृतकको संख्या १९ पुग्यो

काठमाडौं : मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार मृतकको संख्या १९ पुगेको हो। १२ जना घाइते छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी महेन्द्र खड्काका अनुसार बा २ ख २२ १९ नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल खसेको छ। दुर्घटनामा कालिगण्डकी सडकमा काम गर्ने मजदुरको मृत्यु भएको हो। दुर्घटनाग्रस्त टिपरमा ३१ मजदुर सवार थिए।

घाइतेलाई एयर डाइनेस्टीको एमआई १७ हेलिकोप्टरले जोमसोम हुँदै पोखरा ल्याएको छ। 

Share

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *