?> lang="en-US"> अस्ट्रेलियामाथि फ्रान्सको कठिन जीत – Read Gallery

अस्ट्रेलियामाथि फ्रान्सको कठिन जीत

काठमाडौं । रसियामा जारी २१ औ संस्करण विश्वकप २०१८ मा फ्रान्सले अष्ट्रेलियालाई २–१ गोलले पराजित गरेको छ ।

पहिलो हाफमा बराबरी खेलेको फ्रान्सले दोस्रो हाफको ५८ औं मिनेटमा एन्टोनिया ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ६२ औं मिनेटमा नै अष्ट्रेलियाले पेनाल्टी पायो । अस्ट्रेलियाको लागि माइल जेडिनाकले पेनाल्टीमार्फत गोल गर्दै बराबरी बनाए ।

विश्वकपको दाबेदार मानिएको फ्रान्सलाई खेलको ८१ औं मिनेटमा राहत मिल्यो र पउल पोग्वाले दोस्रो गोल गरे ।

फ्रान्सविरुद्ध अष्ट्रेलियाले पहिलो हाफमा सानदार खेल प्रदर्शन गरेको थियो । तर, दोस्रो हाफमा फ्रान्सले आक्रामक खेल तापनि अष्ट्रेलियानले खेलमा फर्कन हरसम्भव प्रयास गरेको थियो ।

 

Share

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *