?> lang="en-US"> फिफा विश्वकप: अर्जेन्टिनाका कैदी भोक हड्तालमा – Read Gallery

फिफा विश्वकप: अर्जेन्टिनाका कैदी भोक हड्तालमा

बेलायतले १२ सयजनालाई रुस जान दिएन

मस्को : रूसले साउदी अरबलाई ५-० ले पराजित गरेसँगै २१ औँ स‌ंस्करणको विश्वकप फुटबल सुरु भएको छ। यस विश्वकपलाई लिएर विश्वभरका फुटबल प्रेमीले अनौठा हर्कत गर्न थालेका छन् । अर्जेन्टिनामा कैदीहरुले भोक हड्ताल नै थालेका छन् ।

अर्कातिर इङ्ग्ल्यान्डमा आफ्ना १२ सय नागरिकलाई त्यहाँको सरकारले रसिया जान प्रतिबन्ध लगाएको छ । स्पोर्ट्स वेयर बनाउने कम्पनीले इरानका खेलाडीलाई टिकट दिन नै इन्कार गरेको छ ।

अर्जेन्टिनाको एक जेलमा टेलिभिजन नचलेपछि कैदीले भोक हड्ताल थालेका छन् । कैदीहरुले विश्वकप हेर्नका लागि जेलको टिभीको तत्काल मर्मत गर्न माग गरेका छन्।

प्युर्टो मार्डिन जेलका नौ कैदीले एक विज्ञप्ति निकाल्दै केबल टेलीभिजन आफ्नो अधिकार भएको बताएर हड्ताल थालेका हु्न् ।

उनीहरुले जेलमा तीन दिनदेखि टिभी नचलेको बताउँदै जबसम्म ठीक बनाइँदैन तबसम्म हड्ताल जारी राख्ने अडान लिएका छन् । यी कैदीहरुले यस मामिलालाई लिएर अदालतमा मुद्दा समेत हालेका छन् ।

बेलायतमा १२ सयमाथि प्रतिबन्ध

बेलायतमा आफ्ना १२०० नागरिकलाई फिफा विश्वकपका लागि रूस जान अनुमति दिइएन । रुस जान प्रतिबन्ध लगाइएका उनीहरुमाथि खेलका क्रममा हुलददंगा गरेको आरोप लगाइएको छ ।

बेलायतको सरकारले पुलिससँग मिलेर हुलदं‌गामा संलग्न उनीहरुको व्यक्तिगत विवरणका आधारमा रुस जान प्रतिबन्ध लगाएको हो ।

Share

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *