?> lang="en-US"> जर्बजस्ती छुटाईएका प्रेमजोडी फेरी मिलनका लागि गुहार माग्दै – Read Gallery

जर्बजस्ती छुटाईएका प्रेमजोडी फेरी मिलनका लागि गुहार माग्दै

गुल्मी । ‘सर मलाई यो घरबाट बाहिर निकाल्नुस् म उहाँकै हुन चाहन्छु,’ – उनले भनिन् ‘प्रहरीमार्फत मलाई र मेरो परिवारलाई झिकाउनुस् मात्रै म सबै कुरा सत्य भन्छु र उहाँसँग जीवन बिताउन चाहन्छु ।’

उता उनका प्रेमी पागल जस्तै बनेका छन । भन्छन् – ‘म उनी बिनाको जीवन कल्पना नै गर्न सक्दिन,  साथीको फोनमार्फत उनी मेरो नियमित फोन र च्याट सम्पर्कमा छिन् । कृपया उनको घरबाट झिकाईदिनुस ।’

उनीहरु दुवै गुल्मीकै हुन् । प्रेमी (राजन) र प्रेमिका (सिता) नाम परिवर्तन हुन् । राजनको दाजुभाई, आफन्तहरुले प्रतिष्ठामा आँच आउने भन्दै सितासँग टाढा बनाएर राख्न खोजेको बुझिन्छ ।

विवाहका लागि दुवै जनाको उमेर पुगेको छ । दुवै जना शिक्षित एक अर्कालाई सुहाउँदो जोडी हुन् । तर सम्बन्धलाई टाढा पारेको छ जातीय विभेदले । राजन क्षेत्री जातका हुन् भने उनकी प्रेमीका सिता दलित हुन् ।

उनीहरु दुवैका अनुसार लामो समयको प्रेमपश्चात एक महिनाअघि  भागी विवाह गरी भारत हिँडेका थिए ।  भारतमा पुगेपछि राजनका अभिभावकहरुले षड्यन्त्र रचे ।  फकाईफुलाई घर आउ भनेर बोलाए ।

उनीहरु दुवै फर्किदै थिए । सुनौली नाकामा कुरेर बसेका उनीहरुलाई अपराधीलाई समाते जस्तो च्याप समातियो । तम्घासमा ल्याएर दुई दिनसम्म एक होटलमा राखियो । सितालाई तर्काउनको लागि केटा पक्षले एक जना दलित नेता पनि समाते । अत्यन्तै दवाव दिएर लाई केटी अस्वीकार्य बनाईयो ।

त्यो होटलबाट अर्को होटलमा लगेर सम्बन्ध तोडेर आ–आफ्नो घर जान बाध्य पारियो ।  राजन भन्छन्, ‘५ लाख रुपैयाँ मेरै हातले उनीलाई (प्रेमीका) दिन लगाईयो,  मैले दिएको हुँ । २० हजार रुपैयाँ पछि दिने कबुल भएको छ । त्यसो नगरेको भए चेलीबेटी बेचविखनको मुद्दामा मलाई फसाउने त्रास दिइएको थियो ।’

‘अहिले मेरो मोबाईल घरमा खोसेर राखेका छन् । मैले यसरी नै साथीको सहयोगमा फोन गर्दै आएको छु ।  मलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार छ कि छैन ? खै मेरो मानव अधिकार ?  मलाई यो पागल हो, यसका कुरा नसुन्नुहोस भन्छन । म पागल हैन ।’ राजन भन्छन् ।

राजन भन्छन्, ‘मलाई पागल बनाईदैँछ मेरी जीवन साथी खोसिएर । म पागल हुँ भने डाक्टरको रिपोर्टले प्रमाणित गरुँन ।  मलाई जातसात मतलब छैन  । मैले उनलाई चिनेरै हिँडेको हुँ । घरपरिवारले स्वीकार गर्दैनन भन्ने मलाई पहिल्लै थाहा थियो । त्यही भएर मैले भारत लगेको हुँ । तर १५ दिन नबित्दै हामीलाई षड्यन्त्र गरेर झिकाईयो ।’

‘म कुनै पनि हालमा उ विना बाँच्न सक्दिँन । तर कसरी मिलन हुने ? म अहिले घरको उच्च निगरानीमा छु । उनलाई (सिता) पनि उता त्यसरी नै राखेका छन् । उनी भन्छन्, ‘ कोठा भन्दा बाहिर निस्कन दिँदैनन रे । मैले गुहार पाईन । कोठाभन्दा बाहिर निस्कन दिँदैनन् ।’

उनले आँखाभरी आँशु लिँदै भने, ‘सुनेकी छु उनले प्रहरीमा मलाई पाउँ भनि उजुरी दिएकी छन् रे । तर प्रहरीले हामीलाई अहिलेसम्म किन झिकाएन ? लौन भनि दिनुस् म र मेरा परिवारलाई त्यहाँसम्म झिकाउन ।’

केटा–केटी दुवैले जिल्लामा मानवअधिकरकर्मी नभए जस्तो महशुस गरेको गुनासो गरे ।

Share

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *