Hot News News Social Videos

ल हेर्नुस् वीर हस्पिटल भित्रको ज्याजती | नखिच्नुस भन्दै यसरी भागे कार्यालय प्रमुख|

ल हेर्नुस् वीर हस्पिटल भित्रको ज्याजती | नखिच्नुस भन्दै यसरी भागे कार्यालय प्रमुख| यो भिडियो हेरर कस्तो लग्यो आफ्नो प्रतिक्रिया दिनुहोला।

Read More
Hot News News

गुडिरहेको ट्रकबाट खसेर तामाङकाे मृत्यु

गुडिरहेको ट्रकबाट खसेर तामाङकाे मृत्यु दमक नगरपालिका–१ का कमल तामाङ गौरादह नगरपालिका–१ स्थित सडकखण्डमा गुडिरहेको ट्रयाक्टरबाट खसेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । तामाङ मे १ त ६५५३ नम्बरको ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका थिए । तामाङको दमकस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिए।

Read More
Hot News International News

४० लाख ९८ हजार ब्लडमनी तिरेर फर्किए थानेश्वर

काठमाडौँ — ६ वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका मध्यविन्दु–४, नवलपरासीका ३५ वर्षीय थानेश्वर भुसाल शुक्रबार राति स्वदेश आइपुगेका छन् । साउदी अदालतले माग गरेको एक लाख ५० हजार रियाल (४० लाख ९८ हजार रुपैयाँ) ब्लडमनी बुझाएपछि उनी जेलबाट मुक्त भई स्वदेश फर्केका हुन् । भुसालको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले २५ लाख ४८ हजार र गैरआवासीय नेपाली संघले १५ लाख ५० हजार गरी ४० लाख ९८ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो । पीएनसीसीले चन्दा संकलन गरी रकम जुटाएको थियो । भुसाल ब्लडमनी तिर्न नसक्दा…

Read More
Hot News News

नेपालगञ्जबाट जुम्ला उडेको तारा एयरको विमान अवतरणको क्रममा रन वेबाट चिप्लियो

जुम्लास्थित विमानस्थलमा अवतरणका क्रममा तारा एयरको ट्वीनअटर जहाज धावनमार्गबाट चिप्लिएको छ। शनिबार दिउँसो नेपालगञ्जबाट जुम्लाका लागि उडेको उक्त जहाज अवतरण गर्ने क्रममा अगाडिको टायर पन्चर हुँदा रन वेबाट चिप्लिएको थियो। जहाज चिप्लिएर धावनमार्गभन्दा बाहिर गएर जालीमा ठोक्किएको नागरिक उडड्यन प्राधिकरण जुम्लाले जनाएको छ। जहाज धावनमार्गबाट असन्तुलित हुँदै बाहिर आवास गृहतर्फको जालीमा ठोक्किएको नेपालगन्ज विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए। २ बजेर ४० मिनेटमा विमान अवतरण हुन लागेको थियो। चालक दलका ३ जना सदस्यसहित विमानमा रहेका १८ जना यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले जनाएको छ। जहाजको नोज (अगाडिको भाग)मा भने क्षति…

Read More
Hot News Sports

विश्वकपका पाँच ठूला विवाद: अमेरिका र बेलायतसँग किन झुकेन रसिया ?

काठमाडौँ: रूसमा हुन लागेको फिफा विश्वकप २०१८ सुरु हुन अब एक हप्ता मात्रै बाँकी छ । विश्वकप सुरु हुनु अघि एउटा नयाँ विवाद सुरु भएको छ। ताजा विवाद मेक्सिकोको फुटबल टिमलाई लिएर सुरु भएको हो । सञ्चारमाध्यमका अनुसार रूस उड्नुअघि मेक्सिको फुटबल टिमका कयौँ खेलाडीले यौनकर्मीसँग पार्टी गरेका छन् । तर पनि यो कुरालाई लिएर व्यवस्थापन टिमले खेलाडीलाई सफाइ दिएको छ । व्यवस्थापन टिमले खाली समयमा खेलाडीले मनोरञ्जन गर्न पाउने जनाएको छ । रूसलाई सन् २०१० मा विश्वकप आयोजना गर्न दिने घोषणा भएको थियो । त्यसपछि फुटबल विश्वकपलाई लिएर विवाद भइरहेको…

Read More
Hot News

तीब्र गतिका कारण बस दुर्घटना : ११ जना गम्भीर घाइते

दाङ : जनकपुरदेखि नेपालगन्ज जादैँ गरेको ना  ५ ख १८२९ न को यात्रुबाहक बस दाङको भालुबाङ लमही सडक खण्डको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा भारत उत्तर प्रदेश लक्खिमपुरकी पाँच वर्षीया नुरवी नाईको ज्यान गएको इलाका प्रहरी कार्यालय लमही जनाएको छ। जनकपुरमा इटाभटामा काम गरेर भारतीय नागरिक नाईका अभिभावक घर फर्किन सोही बसमा आएका थिए। बस सडकदेखि तल सोतामा खसेको छ। दुर्घटनामा ३२ जना घाइते भएका छन्। बसमा ३३ जना रहेकोमा सबै यात्रु घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ११ जना गम्भीर घाइते भएका छन्। १२…

Read More
Hot News News

सर्वोच्च अदालत फैसलामा ‘फेल ‘

काठमाडौं : मुद्दा फैसलामा ६० प्रतिशत कटाउने लक्ष राखेर न्यायपालिकाको पञ्चबर्षिय रणनीतिक योजना बनाइए पनि डेढ दशको मूल्याङ्कनले सबै भन्दा माथिल्लो तह सर्वोच्च अदालत भने सधैं असफल भएको छ । जिल्ला र पुनरावेदन (हाल उच्च) अदालत भने पछिल्लो समयमा आएर मुस्किलले लक्षमा टेक्न सकेका छन् । मुद्दा फैसलामा सर्वोच्चको यो अवस्थाले छिटो–छरितो र न्यायको पहुँचमा चिन्ता थपेको छ । मुद्दामा कम फैसला हुनु भनेको न्यायमा विलम्ब हो । आर्थिक बर्ष २०६१, ०६२ देखि २०६५, ६६ सम्म पहिलो रणनीतिक योजना लागू भएको थियो । त्यसपछि दोस्रो सकिएर अहिले तेस्रो योजना चालु…

Read More
Hot News Interview

तिनथानामा योग शिविर संचालन

काठमाडौं,२२ जेठ । काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ तिनथाना स्थित पिपलबोटमा योग शिविर संचालन भईरहेको छ । चन्द्रागिरी नगरपालिका वडा नं १५ वडा कार्यालय र सम्पदा योग तथा आर्युवेद केन्द्रको संयुक्त आयोजनामा जेठ १५ (गणतन्त्र दिवसको दिन) संचालन भएको छ । योग शिविर लामो समयसम्म संचालन हुने योग प्रशिक्षक गणेश गैरेले बताउनुभयो । शिविरमा तीनथानाका वासिन्दाको सक्रिय उपस्थिती रहेको छ । योग प्रशिक्षक गैरेले योगबाट ढाड दुख्ने रोग, मुटु रोगी, मानसिक तनाव लगायत रोगलाई विना औषधी रोग न्युनीकरण गर्न सकिने कुरा बताउनुभयो । साथै पाठ्घर सम्बन्धी सम्बन्धी समस्या, छालाका रोगीहरुलाई पनि…

Read More