Miscellaneous News Social

मोटरसाइकल चोर्ने तीन प्रहरी पक्राउ

काठमाडौं । चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्ने प्रहरी जवान वासिङटन घर्ती, दिपेन्द्र शाही र इन्द्रजीत कडरिया रहेका छन् । सिसि टिभीको दृश्य विश्लेषणपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्वरको मोटरसाइकल चोरी गरेको खुलेको छ । घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् । कडरिया भने महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत छन् । उनीहरुले उक्त मोटरसाइकल ५ कात्तिकमा चोरी गरेका थिए ।

Read More
International Miscellaneous News

अचम्म ! एउटै व्यक्ति आठ सय बच्चाका पिता

एजेन्सी, ६ असोज । एकै व्यक्तिको सन्तान ८ सय । अचम्म होइन त ? बेलायती नागरिक साइमन वाट्सन हरेक साता थप एक बच्चाको पिता बनेर चर्चा बटुलिरहेका छन् । यिनी साइमन वाट्सन, जो ८ सय बच्चाका पिता हुन् । पत्याउनै नसकिने यही कुराले सामाजिक सञ्जालमा यिनको चर्चा बाक्लिएको छ अहिले । हरेक साता थप एक बच्चाको पिता बन्ने अबसर छ यिनीसँग । तर, कसरी ? वास्तवमा यिनी ‘स्पर्म डोनर’ अर्थात् वीर्यदाता हुन् । यिनी मात्र ५० पाउन्ड अर्थात् ७ हजार ५ सय ३४ रुपैयाँमा वीर्य दान गर्छन् । ४१ वर्षीय…

Read More
Miscellaneous

‘नक्कली’ हत्यारा सार्वजनिक गरेकाे भन्दै कञ्चनपुरमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

भीमदत्तनगर । १३ वर्षीय बालिकानिर्मला पन्तकाे बलात्कारपछि भएकाे हत्या प्रकरणमा घटनाले नयाँ माेड लिएकाे छ । प्रहरीले घटनाकाे वास्तविकता लुकाउन ‘नक्कली हत्यारा’ सार्वजनिक गरेकाे भन्दै हत्याबारे वास्तविकता बाहिर ल्याउन स्थानीयले माग गरेका छन् । साे माग राख्दै अाज यहाँ बजार समेत बन्द गराउँदै स्थानीयहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेकाे छ । मानसिक सन्तुलन गुमाएका व्यक्तिलार्इ अभियुक्तकाे रुपमा सार्वजनिक गरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरेका हुन् । भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाएकाे छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि अश्रुग्यास…

Read More
Miscellaneous

भेटियो अहिलेसम्मकै अदभुत माछा, आराजस्तो ३२ दाँत भएको डरलाग्दो माछा फेला (फोटोसहित)

एजेन्सी । भारतको महाराष्ट्रस्थित सिंधुदुर्ग जिल्लाको बिजयदुर्ग सामुद्रिक तटमा माछा मार्ने क्रममा ३२ ओटा दाँत भएको दुर्लभ ‘आरेमाछा’ समातिएको छ। गत सोमबार स्थानिय माछा मार्ने मछुवाहरुले जालमा अजिबको माछा देखेपछि बाहिर निकालेका थिए । करिव १६ फुट लामो उक्त माछा ७०० किलो भएको र नाकबाट बाहिर काठ काट्ने आरा जस्तो धारिलो ३२ ओटा ठूला ठूला दाँत रहेको स्थानियहरुले बताएका छन्। समुद्रमा कमैमात्र पाइने यो माछाको वास्तविक नाम भने सफिस (आरामाछा) तथा ‘कारपेण्टर शार्क’ भनिन्छ। सिंधुदुर्ग जिल्ला प्रमुख उदय चौधरीका अनुसार स्थानिय मछुवा मुनीर मुजावारले गत आइतबार थापेको जालमा सफिस परेको…

Read More
Miscellaneous Science Technology

एन्टेना बिनै टिभी सिग्नल !

काठमाडौँ — अब केबुल, स्याटेलाइट र एन्टेना बिनै आफूलाई मन पर्ने दर्जनौं टेलिभिजन च्यानल हेर्न सकिने भएको छ । एड्भान्स टेलिभिजन सिस्टम्स कमिटी (एटीएससी) ले बनाएको टेलिभिजनमा यो सुविधा उपलब्ध छ । ब्रोडकास्टर्स, टिभी उत्पादनकर्ता र अन्य टेक कम्पनीहरुको अन्तर्राष्ट्रिय साझा संस्था हो, एटीएससी । उसले २५ वर्षअघि परिकल्पना गरेको फिचरयुक्त टेलिभिजन ल्याउन नसकेपनि १०८०आई/७२०पी क्षमतासहितको टिभी चाहिँ विगतमा बजारमा पस्किसकेको छ। कतिले यसलाई मन पराए/पराएनन्, त्यो आफ्नै ठाउँमा छ। तर उसको पछिल्लो उत्पादनले धेरैको मन जित्ने विश्वास लिएइको छ। विश्व आज ‘फोरके (४के)’ युगमा प्रवेश गरिसकेकाले त्यसै अनुरुपको आधुनिक…

Read More
Miscellaneous News Videos

जग्गा बेच्दिनँ भन्दा दाङमा महिलामाथि ‘निवस्त्र’ पारेर निर्घात कुटपिट (भिडियो)

दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आइतबार कुटपिटमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवम् प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले सेतोपाटीलाई जानकारी दिए। शुक्रबार दिउँसो ४ बजेतिर दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ता (जेठानी दिदी बहिनी) मिलेर जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुन मगरलाई भालुवाङ बसपार्कमा अमानवीय तरिकाले कुटपिट गरेको ईप्रका भालुवाङका प्रमुख पाण्डेले बताए। ‘पुनमाथि…

Read More